एमाले सचिव विष्टको पालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

0 278

गुल्मी जिल्लाको ईस्मा गाउँपालिका नेपाली कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर निर्वाचित भएका छन् । अध्यक्षमा खड्काले ५ हजार ५८९ मत ल्याएका छन् । उपाध्यक्षमा कुँवरले ५ हजार ९०९ मत ल्याएको निर्वाचन अधिकृत लेखनाथ ज्ञवालीले बताए । गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर अर्याल ५ हजार ४६४ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै बिमला खत्रीले ५ हजार १२१ मत पाएकी छन् । गाउँपालिकामा रहेका ६ वटा वडाहरु मध्ये ४ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा एमालेले जितेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।