रुरुक्षेत्रका अध्यक्षको पहिलो निर्णय: ‘सबै घरधुरीको न्युनतम विद्युत महशुल पालिकाले तिर्ने’

0 240

माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीका नवनिर्वाचित अध्यक्ष यदु ज्ञवालीले आफ्नो कार्यकालको पहिलो निर्णय सार्वजनिक गरेका छन् । पद तथा गोपनियताको सपथ लिए लगत्तै पद भार ग्रहण गर्दै ज्ञवालीले गाउँपालिकाभित्रका सम्पुर्ण घर धुरीको न्युनतम विद्युत महशुल गाउँपालिकाले तिरिदिने जनपक्षीय निर्णय गरेका हुन् ।

यो निर्णय गरे लगत्तै ज्ञवालीले घोषणापत्रमा उल्लेख गरेको एउटा कामको सुरुवात गरिसकेका छन् ।

आफू गाउँपालिका अध्यक्ष भएर पद भार ग्रहण गर्दै गर्दा आफुमा कुनै दम्भ तथा घमण्ड नरहेको बताउँदै आफू रुरुक्षेत्र गाउँपालिकाको एउटा भाइ-छोरा भएको र भाइ छोराकै रुपमा यहाँका जनताको सेवक बन्न चाहेको बताएका छन् । सबैको साथ सहयोगको समेत अपेक्षा राखेको र
आफुलाई दिएको अमुल्य मतको कहिले पनि अपमान नगर्ने बाचा गर्दै ज्ञवालीले चुनाव अघि र चुनाव जितिसकेपछि आफुमा कुनै पनि परिवर्तन यस क्षेत्रका जनताले देख्न नपर्ने बताएका छन् ।

ad

सबैको सुझाव, सल्लाहलाई मध्यनजर गर्दै जनमुखी काम गर्न आफू कोहि कसैको दबाबमा नपरी निरन्तर खट्ने र आफू अध्यक्ष पदमा बसेदेखि अवधि नसकुन्जेल सम्म गाउँपालिका भित्र कुनै पनि आर्थिक अनियमितता हुन नदिने संकल्प पनि उनले गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ज्ञवाली संयुक्त गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।