पदभार ग्रहण गर्ने दिन उपाध्यक्षलाई मातृशोक

0 164

गुल्मीको चन्द्रकोट गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि शोकमा डुबेका छन् । नवनिर्वाचित उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीकी आमा शिवकला भण्डारीको गएराती निधन भएको नवनिर्वाचित गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए । ‘शनिबार उपाध्यक्षसहितका जनप्रतिनिधिहरुको पदभार ग्रहण कार्यक्रमको आयोजना गरिएको थियो तर दुर्भाग्य, उपाध्यक्ष ज्यूको आमाको ७९ वर्षको उमेरमा गएराती निधन भए पछि कार्यक्रम स्थगित गरिएको छ,’ निवर्तमान गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीले भने ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।