डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते : १८ महिनाका बालक बेपत्ता

0 228

जेठ ७, डोटी, डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ना ५ ख ९६६३ नम्बरको बस बिहान शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा दुर्घटना हुँदा १८ महिनाका एक बालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । बस सडकबाट सेती नदीको किनारमा खसेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।