बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान अझै सम्पर्कमा आएको छैन तारा एअर

0 256

जेठ १५, २०७९ आइतबार
पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एअरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले उज्यालोलाई जानकारी दिनुभयो । ुबिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान अझै सम्पर्कमा आएको छैन, उडेको आधा घण्टामा पुगिसक्नु पर्ने हो । तर, विमान सम्पर्कमा आएको छैन’ उहाँले भन्नुभयो । उहाँका अनुसार विमानमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु छन् । विमानका क्याप्टेन प्रभाकर घिमिरे रहेका पनि गड्तौलाले जानकारी दिनुभयो । (उज्यालो अनलाइनबाट)

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।