आईपीएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

0 350

जेठ १५, २०७९ आइतबार इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

(उज्यालो अनलाइनबाट)

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।