मुस्ताङको घाँसामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको जहाज

0 247

हराइरहेको तारा एयरको ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिएको छ । जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको घाँसा नजिकै टीटी भन्ने स्थानमा भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए । जहाज भेटिएको स्थानमा हेलिकप्टर परिचालन भइरहेको पनि उनले बताए । यता जिल्ला प्रशासन कार्यालय मुस्ताङमा शाखा अधिकृत देवेन्द्रराज पाण्डेले भने हालसम्म ९१२ बजे० जहाज भेटिएको भन्ने सूचना नआएको बताएका छन् । पोखराबाट मुस्ताङको जोमसोम लागि उडेको तारा एयरको जहाज दुई वटा उडान सकेर तेस्रो उडान गर्दैगर्दा घोडेपानी क्षेत्रको लेतेबाट हराएको थियो । जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो । यो जहाज १० बजेर ७ मिनेटदेखि विमास्थलको सम्पर्क टुटेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ३ सदस्य, ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु सवार थिए । (लोकान्तर डट कम बाट)

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।