गणतन्त्र दिवसको अवसरमा गुल्मीमा पूर्ण अशक्त ४८ बर्षीय महिलालाई घरमै गएर नागरिकता प्रदान

0 219

जेठ १५ २०७९ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले पूर्ण अशक्त ४८ बर्षीय पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर आइतबार रेसुंगा नगरपालिका वडा नम्वर १४ मा रहनुभएकी ४८ बर्षीय पूर्ण अशक्त पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुणयबिक्रम पौडेलले जानकारी दिए ।

गणतन्त्र दिवस नागरिकहरुले अनुभूती गर्ने खालको होस भनेर घरमै गई नागरिकता प्रदान गर्ने योजना बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

घरमै आएर नेपाली नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको सम्पूर्ण टोलीलाई आचार्यले धन्यबाद दिदैं सरकारको अनुभूति ढिलै भए पनि पाएको बताइन् ।

उनले नागरिकताको अभाबमा राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित हुन नपर्ने बताइन् ।
यस्तै गणतन्त्र दिवसको अबसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यालय परिसरमा सरसफाई गरेको छ ।

गणतन्त्र दिवसको अबसरमा रचानात्मक कार्य गर्ने उद्येश्यले कार्यालयको परिसरमा सरसफाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै दिवसरको अवसरमा जिल्लामा रहेका सबै सरकारी कार्यालयमा शनिवार साँझ देखी सोमबारसम्म तीन दिन दीपावली गर्ने र रचानात्मक कार्यक्रममहरु गर्ने कार्यक्रम तय भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।

यस्तै दिवसको अवसरमा जिल्लामा रहेका संचार माध्यमहरुबाट रेडियो संबाद कार्यक्रमहरु पनि चलाउने र स्थानीय तहहरुले पनि सोही अनुसारका कार्यक्रमहरुलाई अगाडी बढाउने गरी योजना बनाएको प्रशासनले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।