गुल्मीमा कर्तब्य ज्यान मुद्धाका एक कैदीबन्दी जेलमुक्त

0 284

गुल्मीमा एक जना कैदीबन्दी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा आइतबार एक जना कैदी बन्दी जेल मुक्त भएको जिल्ला कारागार गुल्मीकी कम्प्युटर अपरेटर सीता भण्डारीले जानकारी दिइन् । कर्तब्य ज्यान मुद्धामा ६० प्रतिशत कैद भुक्तान गर्न बाँकी रहेका एक जना पुरुष जेल मुक्त भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।

२५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा ७१ जना कैदी बन्दी रहेका छन् । जसमा ८ जना महिला रहेका छन् भने ६३ जना पुरुष रहेको जिल्ला कारागार कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।