गणतन्त्र दिवसको अबसरमा चन्द्रकोट बजार क्षेत्रमा सरसफाई

0 430

महेश बोहरा, जेठ १६ गुल्मी
गुल्मी जिल्लाको चन्द्रको गाउँपालिकाले गणतन्त्र दिवसको अबसर पारेर चन्द्रकोट बजार क्षेत्र सरसफाई गरेको छ । चन्द्रकोटमा रहेका सामाजिक संघ संस्थाको पहलमा शान्तिपुर बजार क्षेत्रमा सरसफाई गरिएको हो ।
बजार क्षेत्रमा पछिल्लो समय सरसफाई नगर्दा फोहोर बढदै गइरहेको थियो । बजार क्षेत्रमा फोहोरका कारण सौन्दर्यता हराउदै जान थालेको थियो ।
बजार वासीलाई आफनो टोलमा सरसफाई गर्नु पर्छ भन्ने उदेश्यले सरसफाई गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिए । गाउँपालिकाका सबै वडाहरु र टोलमा समेत सरसफाई कार्यक्रम गरिएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन स्थानियले आग्रह गरेका छन ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।