मालिकाको नीति तथा कार्यक्रम : गाउँ फर्क प्यारा देखी अर्खाबाङ्गको देउरालीमा मालिका रिसोर्टको स्थापना

0 164

मनोज कार्की असार ०९ गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले उद्योग तथा पर्यटन व्यावसाय ,स्वास्थ्य शिक्षा,कृषि, घरेलु उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिका अध्यक्ष देवीराम अर्यालले पेश गरेको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासका निम्ति अर्खाबाङ्गको देउरालीमा मालिका रिसोर्टको स्थापना, गाउँफर्क प्यारा,प्याराग्लाइडिङ्ग उडानलाई व्यावसायिकरण गर्ने लगायतका कार्यक्रमहरुको उल्लेख गरिएको छ ।

गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण कार्यालय,संस्था तथा समुदाय स्तरमा शक्तिशाली इन्टरनेट,ब्रोडब्याण्ड नेटवर्क बिस्तार,करदााताले घरबाटै कर भुक्तानी गर्न विद्युतीय प्रणालीको विकास,पालिकाका संबेदनशिल स्थानमा सि.सि. टिभी जडान लगायतका बिषयलाई समेटिएको छ ।

गरिब,विपन्न वर्गका नागरिकको लागत साझेदारीमा स्वास्थ्य वीमा कार्याक्रम,सबै स्वास्थ्य संस्थामा प्रयोगशालाको विस्तार,नागरिक आरोग्य केन्द्र मार्फत आयुर्वेद गाउँघर क्लिनिक,योग शिविर,पन्चकर्मको बिस्तार गर्दै ज्येष्ठ नागरिह ,अपाङ्गता तथा दिर्घरोगीको घर घरमा स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य सेवा प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

ad

यस्तै एक वडा एक नमुना विद्यालयको नीति ,उत्कृष्ट विद्यालय र शिक्षकलाई पुरस्कार,गाउँपालिकाको बिशिष्टता संग जोडिएका बिषयबस्त’को समावेश गरी स्थानिय पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार ,हरेक माध्यमिक बिद्यालयहरुमा बिज्ञान प्रयोगशाला,कम्प्युटर ल्याव,ईन्टरनेट जडान ,वास सहितको शौचालय निर्माण गरिने नीति ल्याईएको छ ।

पूर्ण सरसफाई युक्त गाउँपालिका घोषणा संगै जातीय,लैङ्गिक,घरेलु,बालबालिका बिरुद्धको हिंसा तथा बालविवाह लगायत सबै प्रकारका बिभेद विरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गरिने भएको छ ।

श्रम सम्बन्धलाई प्राथमिकता दिदैं सार्वाजानिक पूर्वाधार निर्माण,कृषि व्यवसायिक उद्योग,वित्तिय क्षेत्रबाट रोजगारी सिर्जनामा जोड,बैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको सिप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्नका बिषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

उपलब्ध स्रोत ,साधन,पुँजी,सिप एवं प्रविधिको उपयोगबाट औद्योगिक उत्पादकत्व र उत्पादनमा वृद्धि गर्ने गरी उद्योग क्षेत्रका कार्यक्रम संचालन गर्दै लघु कर्जामा पहुँच तथा व्यावसाय स्थापना र बजारीकरण गर्न परामर्श गरिने बिषयलाई कार्यक्रममा समावेश गरिएको छ ।वन फडानी,चोरी निकासी तथा अवैद्य सिकार रोक्न वन हेरालु,गाउँपालिकामा व्यावस्थित डम्पिङ्ग साइट निर्माण,सबै वडामा विपद् व्यावस्थापनमा प्रयोग गर्न हेलिप्याड निर्माणलाई जोड दिइएको छ ।

युवा युवतीको पलायन रोक्न ड्राइभिङ्ग,प्लम्बिङ्ग,कुकिङ्ग,सिलाईकटाई बुटिक,सेनेटरी,पेन्टिङ्गका तालिम संचालन गर्दै गाउँफर्क प्यारा,उत्कृष्ट बुहारी सम्मान र पुर्नवास कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्यालले पेश गरेका थिए ।

अध्यक्ष अर्यालले पेश गरेको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण,यान्त्रिकीकरण गर्दै प्रत्येक वडाको सिमसार क्षेत्रमा अलैची खेतीको विस्तार र मालिका ८ मा कृषि बजारको संचालन तथा ब्याबस्थापन गरिने नीति तथा कार्याक्रममा उल्लेख गरिएको छ ।

पालिकाका सबै वडामा घुम्टी हाटबजार संचालन गरी सालको पातबाट दुना,टपरी र वाँसबाट निर्माण हुने सामाग्रीलाई उत्पादन गरी घरेलु उद्योगलाई प्रोत्साहन गरिने छ । कोदो र फलफूलबाट स्थानीय मदिरा उत्पादन गरेर ब्राण्डिङ्ग र प्रोत्साहनका कार्यक्रम संचालन गरिने छ ।

कलमजिवी पत्रकारको पेशालाई सम्मान गर्दै सिर्जनशिल तथा रचानात्मक र असल पत्रकारितामार्फत गाउँपालिकाको समृद्धि र विकासमा टेवा पुराउने पत्रकारलाई सम्मान,मालिकाबासीको घर घरमा खानेपानीका घारा जडान, सबै सडकको स्तरउन्नति गर्दै २ सय घरपरिवारलाई खरका छाना विस्थापित गरी सुरक्षित आवास निर्माण गरिने नीति तथा कार्यक्रममा पेश गरिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।