गुल्मीमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले सरोकारवालाहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न

0 264

दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले तम्घास स्थीत मझेरी रिर्सोटमा सरोकारवालाहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ, निर्माण ब्यावासायी महासंघ, घरेलु तथा साना उद्योग महासंघ र नेपाल हुटिक संघको संयुक्त आयोजनामा जिल्ला स्थीत उद्योगी ब्यावसायी प्रतिनिधीहरु संग दक्ष जनशक्ति उत्पादन कसरि गर्न सकिन्छ भनेर छलफल गरी सहभागिहरुबाट आएका सुझावहरु टिपोट गरीएको थियो ।
कार्यक्रममा सहभागिहरुले जिल्लमा दक्ष जनशक्तिको कमी रहेको र त्यस्ता जनशक्ति भएपनि जिल्ला भित्र लामो समयसम्म टिकाउन नसकिएको प्रतिकृया दिएका थिए ।


रोजगार तथा नेतृत्व श्रम बजार सचिवालय भन्ने परियोजना संचालन गरेर यस परियोजना मार्फत दक्ष जनशक्ति निर्माण गर्ने उद्धेश्य रहेको नेपाल उद्योग बाणिज्य महासंघका सहायक निर्देशक अजित कुमार गुप्ताले बताउनुभयो । नेपालको ७ प्रदेशका २७ वटा जिल्लामा कृषि, पर्यटन र निर्माण तथा उद्योग प्रतिष्ठानहरुमा उच्च माग भएका पेशाहरुमा सिटिइभिटि मार्फत तालिमहरु संचालन गर्ने उद्धेश्यले अन्तकृया कार्यक्रम आयोजना गरीएको गुप्ताले बताउनुभयो ।
कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघ, गुल्मी उद्योग संघ,निर्माण ब्यावसायी,होटल ब्यावसायी , पर्यटन ब्यावसयी लगाएत अन्य व्यावसायी तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।