गुल्मीमा ९० वर्षिय वृद्ध मृत अवस्थामा फेला

0 171

हुमाकान्त पोखरेल, गुल्मी असार ११ ।
गुल्मीमा ९० वर्षिय वृद्ध मृत अवस्थामा फेला परेका छन् । सत्यवती गाउँपालिका –७ जोहाङ्ग सोता बस्ने नरहरी भण्डारी सत्यवती गाउँपालिका –६ उल्लीखोला स्थित खोलाको छेउमा मृत फेला परेका हुन् । भण्डारी बुधबार दिउँसो ४ बजे घरबाट हिडेका थिए । साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य र स्थानीयले खोज्ने क्रममा शुक्रबार बिहान ८ः३० को समयमा खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्याम प्रसाद यादवले जानकारी दिए । भण्डारीको शव शुक्रबार नै पोष्ट मार्टम पश्चात आफन्तले बुझेको यादवले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।