घाँस काट्न जाँदा श्रीमतीको हत्या गरि श्रीमान प्रहरीसामू

0 200

११ असार २०७९, शनिबार अर्घाखाँची। जिल्लाको मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरि आफै प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी २७ वर्षिय श्रीमती सरु भट्टराई भुसालको हत्या गरेका हुन् ।

उनले घाँस काट्न गएको बेला शुक्रबार जंगलमै हत्या गरेको र प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जनाएको छ ।

ad

प्रहरीमा उपस्थित भएर उनले घाँस काट्न जगंल गएको बेला श्रीमतीको घाँटीमा रुमालले कसेर हत्या गरेको बताएका थिए ।

त्यसपछि उनी इलाका प्रहरी चौकी खनदहमा प्रहरी चौकीमा पुगेको थिए ।

प्रहरीका अनुसार हत्यापछि उनले श्रीमतीको शवलाई स्याउलाले छोपेका थिए । उनीहरुको विवादको कारण भने खुल्न सकेको छैन । घटना सम्बन्धि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।