गुल्मीको छत्रकोटमा मृत अवस्थामा चितुवा फेला

0 290

गुल्मीमा जंगली चितुवा मृत अबस्थामा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर ३ को लूम्छामा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए । इलाका वन कार्यालय रिडीको टोली सो स्थानमा पुग्दै गरेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए । मृत अवस्थामा फेला परेको चितुवालाई कसैले मारेको वा आफै मरेको भन्ने बारेमा टोली पुगेपछि मात्रै थाहा हुने सापकोटाको भनाई छ । कसैले मारेको भएमा त्यसको अनुसन्धान गरी थप प्रक्रिया अगाडि बढाइने सापकोटाले जानकारी दिए । आफै मरेको भएमा ताजा भए छाला निकालेर खाडल खनि गाडिने र धेरै दिनको रहेछ भने यसै गाडिने सापकोटाको भनाई छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।