गुुल्मीमा जेसिबीले फालेको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका २ अर्मजाका हरी रायमाझीका छोरा १४ वर्षीय गगन रायमाझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिएसपी माधवराज खरेलले जानकारी दिए । मैदान ठुलापोखरा सडक सफाईका क्रममा डोजरले पल्टयाएको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेका रायमाझि घाईते भएका थिए । उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक रायमाझिको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको खरेलले बताए ।