रेसुङ्गा बहुमुखी क्याम्पस, गुल्मीको सञ्चालक समितीको अध्यक्षमा श्रीप्रसाद भलामी निर्वाचित

0 107

 

रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मीको सञ्चालक समितीको अध्यक्षमा श्री प्रसाद भलामी निर्वाचित हुनुभएको छ । शनिवार क्याम्पसको ३७ औं क्याम्पस सभा तथा अधिवेशनबाट भलामी निर्विरोध सञ्चालक समितीको अध्यक्षमा चयन हुनुभएको हो । भलामी यसअघि क्याम्पस सञ्चालक समितीको सदस्यहुदैं उपाध्यक्षसम्म बन्नुभएको थियो ।

उपाध्यक्षमा धर्म विश्वकर्मा, कोषाध्यक्षमा दुर्गा बोहोरा, सदस्यहरुमा छवी पन्थी, पार्वता थापा, हरिकुमार श्रेष्ठ, गोपाल भुषाल, पुण खत्री, दुर्गाप्रसाद पाण्डे, यज्ञप्रसाद पन्थी, ठाकुर पाण्डे र हरि न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन अधिकृत विष्णु बलालले जानकारी दिनुभयो ।

ad

अध्यक्षमा निर्वाचित भलामी वि।स। २०४२।४३ सालमा विद्यार्थीको रुपमा क्याम्पसमा आबद्ध भई २०६६ सालदेखी क्याम्पसको सञ्चालक समितीमा आबद्ध भएका थिए । २०६६ सालमा सदस्यबाट सञ्चालक समितीमा आबद्ध भलामी २०६९ सालको अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हनुभएको थियो ।

२०७२ सालमा पुनस् सदस्य भई अहिले अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो । रिडर्स पब्लिक हाई स्कुलका संस्थापक प्रिन्सीपल समेत रहुनुभएका नवनिर्वाचित अध्यक्ष भलामी २०२३ साल ९ महिना १ गते रेसुङ्गा नगरपालिका ८ खानीगाउँ, गुल्मीमा जन्मनुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।