गुल्मीको रेसुंगा नगरपालिकामा साहयता कक्ष स्थापना

0 101

 

गुल्मी – जिल्लाको रेसुंगा नगरपालिकाले सेवा प्रवाहमा एकरूपता कायम गर्न सहायता कक्ष सञ्चालन गरेको छ । सेवाग्राहीले सेवा सहज र सरल रुपमा प्राप्त गर्न आवश्यक सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ नगरपालिकाले सहायता कक्ष सञ्चालन गरेको हो ।

सेवा प्रवाहमा एकरूपता कायम गर्न तथा नागरिकको सहज पहुँच स्थापित गर्न नगरपालिकामा सहायता कक्ष सञ्चालन गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले सहायता कक्षबाट यस नगरपालिकामा सेवा लिन आउने नागरिकहरुले पेश गर्नुपर्ने विभिन्न निवेदनहरुको ढाँचा उपलब्ध गराईने र सेवाग्राहीको काममा सहजिकरण गरिदिने व्यवस्था मिलाईएको बताउनुभयो ।

ad

त्यस्तै, निवेदन लेखिदिने के कामको लागि के–के कागजात चाहिन्छ र कुन कोठामा के काम हुन्छ भन्ने विषयमा जानकारी दिने व्यवस्था मिलाईएको नगरप्रमुख पन्थीले बताउनुभयो । नगरपालिकालाई सुशासन, उत्तरदायी र जनमैत्री बनाउँदै सबै जनताको अपनत्व हुने गरी समुन्नत रेसुंगा नगरपालिका निर्माणमा लाग्न आफुहरु कटिबद्ध रहेको नगरप्रमुख पन्थीले भन्नुभयो,–“नगरपालिकामा सुशासन कायम गर्न जनतलाई शीघ्र सेवा प्रदान गर्न सहायता कक्षको महत्वपूर्ण भूमिका रहनेछ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।