लुम्बिनी प्रदेश मन्त्री वलीको प्रेमलिलास् : प्रेमीको घरमा पसेर प्रेमीकी श्रीमतीमाथि कुटपिट

0 1,629

जेठ ३१ दाङ – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार बिहानै तुलसीपुर उपमहानगरपालिका (५ बसपार्कको आलुमण्डी नजिक बस्ने एकराज बस्नेतको घरमा एक्कासि प्रवेश गरेर बस्नेतका श्रीमती र छोरी माथि आक्रमण गरि कोठाभित्र तोडफोड गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मेरो एकराज कहाँ धपाइस, खोई एकराज भन्दै बस्नेतको श्रीमती मीना भण्डारी बस्नेतलाई कुटपिट गरेपछि छोरीलाई पनि हातपात गरेको प्रत्यक्षदर्शीको भनाइ छ। टोलमा हल्ला खल्ला मच्चिएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका प्रहरीले राज्य मन्त्री वलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले पुष्टि गरे।

ad

केही महिना अघि राज्यमन्त्री वली र उनै एकराजको चुम्बन सहितको फोटो एकराजको आफ्नै फेसबुक स्टोरीबाट सार्वजनिक भएको थियो। नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको सवारी दुर्घटनामा परि मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती वली सांसदमा निर्वाचित भएकी थिइन।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।