आजबाट खारेज भयो सातामा दुई दिन सार्वजनिक विदा

0 107

असार १,२०७९
काठमाण्डौँ।एक महिनाको परीक्षण पश्चात सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आज बाट खारेज भएको छ ।

सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

लगातार दुई दिन विदा प्रभावकारी नदेखिए पछि सरकार उक्त निर्णयबाट पछि हटेको हो ।

ad

गत सोमबार बसेको मन्त्रि परिषदको बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यस अघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।

साताको दुई दिन दिइएको विदा खारेज भए सँगै कार्यालय समय पूर्ववत् कायमै रहने गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।