देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा, राति केही ठाउँमा ठूलो पानी पर्ने

0 291

असार २०, देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार आज पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन । पानी पर्दै रोकिने क्रम चल्ने महर्जनले बताउनुभयो । यस्तै, आज राति भने देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् महर्जनले जानकारी दिनुभयो । आज गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । धेरैजसो पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान गरिएको छ । यसैबीच, काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । लगातार झरी नपरेको र पानी पर्दै घाम चर्किँदै गरेकाले गर्मी बढेको मौसमविद्को भनाइ छ। आज भने हिजो अस्तिको जस्तो घाम चर्किने सम्भावना नरहेकाले केही गर्मी कम हुने अनुमान छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।