मुसिकोटले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

0 172

हुमाकान्त पोखरेल
असार २२,०७९ गुल्मीः तीन दिनसम्म चलेको १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मुसिकोट नगरपालिकाले जितेको छ ।

नगरपालिकाले १६ स्वर्ण, सात रजत र आठ कास्य गरी कुल ३१ पदकसहित प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा गुल्मीदरबार गाउँपालिका दोस्रो र चन्द्रकोट गाउँपालिका तेस्रो भएका छन् । गुल्मीदरबारले छ स्वर्ण, पाँच रजत र सात कास्य गरी कुल १८ पदक जितेको छ । चन्द्रकोटले पाँच स्वर्ण, ११ रजत र १२ कास्य गरी कुल २८ पदक जितेको जिल्ला खेलकुद विकास कार्यालयका प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ असार १८, १९ र २० गते सदरमुकाम तम्घासमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरिएको थियो ।
प्रतियोगितामा सबै पालिका सहभागि भएका थिए । तर रेसुङ्गा नगरपालिका भने अन्तिमको खेलमा मात्रै सहभागि भएको थियो । प्रतियोगितामा कुल ४३ विद्यालयका विद्यार्थीहरु रहेका थिए । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र करौँते खेल संचालन भएका थिए ।

ad

सबै प्रतियोगिताहरु छात्र÷छात्राको छुट्टाछुट्टै समुहमा खेलाइएको कार्यालय प्रमुख विश्वकर्माले जानकारी दिए । लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार २४, २५ र २६ गते दाङको बेल्झण्डी रङ्गशालामा हुँदैछ । जसका लागि गुल्मीबाट खेलाडी पनि छनौट गरिएको छ ।
भलिबल र कबड्डीमा छात्र/छात्रा नौ/नौ जना, एथेटिक्समा छात्र/छात्रा ११/११ जना एवम् तेक्वान्दो र कराँतेमा छात्र÷छात्रा तीन÷तीन जना छनौट गरिएको जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।