प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा घिमिरेको उम्मेदवारी

0 111

मनोज कार्की : असार ३२, गुल्मी — नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जनार्दन घिमिरेले प्रेस युनियनको नवौं महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा उम्मेदवारीेको घोषणा गरेका छन् । दुई दशकदेखि क्रियाशिल पत्रकारीता गर्दै आएका घिमिरेले आसन्न श्रावण ६ र ७ गते वागमती प्रदेशको राजधानी हेटौंडामा हुन लागेको प्रेस युनियनको नवौं महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

वि।स।२०३५ सालमा साविकको मुसिकोट गा।वि।स ७ पास्तीमा जन्मिएका घिमिरेले वि।स।२०५७ सालमा रेसुङ्गा शिखर सन्देश साप्ताहिक पत्रिकाको सम्पादकबाट पत्रकारिता सुरु गरेका थिए । उनले पत्रकारिताबाट भ्रष्टाचार, अनियमितता, बेथिती तथा आम नागरिकको पक्षमा कलम चलाउँदै आएका छन् । विभिन्न राष्ट्रिय संचारमाध्यममा काम गरिसकेको घिमिले हाल राष्ट्रिय समाचार समिती ९रासस० , राष्ट्रिय नागरिक दैनिक ,वुटवल टूडे, एभिन्युज टिभी , उज्यालो नेटवर्कमा आवद्ध छन् ।

शिक्षा पत्रकारिता पुरस्कार , विकास पत्रकारिता पुरस्कार,राष्ट्रिय कफि तथा चिया पर्यटन वोर्डबाट राष्ट्रिय पुरस्कार,लुम्बीनी प्रदेश सरकारबाट उत्कृष्ट सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

ad

उनी जिल्लाका सरकारी तथा गैरसरकारी संस्था गरी दर्जनौंबाट पुरस्कृत भएका छन् ।

उनी गुल्मीमा रहेर हाल व्यावसायिक पत्रकारिता गरिरहेका छन् । नेपाल प्रेस युनियनको जिल्ला सचिव हुदैं केन्द्रीय सदस्य समेत भएका थिए । नेपाल पत्रकार महासंघको अध्यक्षमा रहँदा घिमिरेले आफ्नो कार्यकाल कुशलता र सफलता पुर्वक जिम्मेवारी निर्वाह गरेका छन् । घिमिरे विभिन्न देश विदेशमा घुमेका छन् । उनीसंग पत्रकारिता र देशविदेशमा घुमेका विभिन्न अनुभव छन् । युनियनको नवौं महाधिवेशन आगामी श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ ।

व्यवसायीक पत्रकारिताको लागि, पेशागत हक हितको लागि, श्रमजीवी पत्रकारको हकहितको लागि आफुले नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा आफूले उम्मेदवारी दिएको घिमिरे बताउँछन् । घिमिरेले भने “मैले दुई दशकदेखी व्यावसायिक पत्रकारिता गर्दै आएको छु त्यसकारण पत्रकारका पिरमर्का राम्रोसंग बुझ्दै र भोग्दै आएको छु ।” श्रमजीवी पत्रकारको संरक्षण,व्यावसायिक पत्रकारिताको विकास र स्वरोजगारमुलक पत्रकारिताको अभ्यासमा निरन्तर लाग्ने छु उनले भने । उनले महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय सदस्यमा मतदान गरि विजयी बनाउनुहुन समेत आग्रह गरेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।