गुल्मीमा ५५ वार्षिय महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ

0 109

गुल्मीको मुसिकोटमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।मुसिकोट नगरपालिका वडा नं १ की ५५ वर्षीय महिलालाई जवरजस्तीकरणी गरेको अभियोगमा सोही ठाउँका ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

महिलालाई जबर्जस्ती करणी गरेको भन्ने सुचनाको आधारमा बलामीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै प्रहरीले एक मुद्धामा फरार रहेकी मुसिकोट वडा नं ४ की महिलालाई पनि पक्राउ गरेको छ । सोही स्थानकी ७० वर्षीय लक्ष्मी माया राहादी जारी मुद्दामा वारदात पश्चात् फरार भएकी थिईन् ।उनलाई जिल्ला अदालत गुल्मीले मिति २०६९/०८/२६ गते १ महिना कैद सजायको फैसला गरेको थियो । उनलाई असार ३१ गते पक्राउ गरी जिल्ला अदालत गुल्मीमा बुझाइएको प्रहरीले जनाएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।