चन्द्रकोटमा भुसिया कुकुरलाई दिन थालियो भ्याक्सिन

0 1,568

पछिल्लो समय गुल्मी जिल्लाका विभिन्न स्थानमा भुसिया कुकुरहरुको आतंक बढेको छ । केही दिन अघि मात्रै पनि चन्द्रकोट गाउँपालिकामा बागलुङको बरेङ्ग गाउपालिका वडा न ४ थपलुङ हुँदै शान्तिपुर बजारमा आएका भुसिया कुकुरको आतंकले स्थानिय निकै त्रसित बनेका थिए । करिब १२ जना ब्यक्तिलाई कुकुरले टोके रेबिज भ्याक्सिनको अभावमा गुल्मी अस्पताल तम्घासमा रिफर गरिएको थियो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले बताएका छन ।

 कुुकुर आतंक रोक्नका निम्ति गाउँपालिकाका अध्यक्ष युवराज केसीको निर्देशनमा तत्तकालै उपलब्ध भएको खोपबाट काम गर्ने गरी बुधबार चन्द्रकोट गाउँपालिकाको स्वास्थ्य शाखा पशु सेवा प्राविधिक इश्वरी प्रसाद वली, नायब पशु सेवा प्राविधिक लक्ष्मण गुरुङ र पन्छी बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक एंव सक्रिय सदस्य कमल खत्री, पिआर मिया र स्थानिय ईश्वर श्रेष्ठको टोलीद्वारा २२ वटा भुसिया कुकुरलाई रेबिज बिरुद्धको खोप लगाएर पहिचानको लागि रातो रंग समेत लगाइएको छ ।

अन्य भुसिया कुकुरलाई आगामी दिनमा रेबिजको भ्याक्सिन लगाउने कार्य गर्ने चन्द्रकोट गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । कुकुर छोप्ने यन्त्रको अभावको खोजीमा रहेको बेला चन्द्रकोट गाउँपालिकालाई पन्छी बहुउद्देश्यीय सहकारी संस्थाका युवाहरुले निर्माण गरेको कुकुर छोप्ने यन्त्र निकै प्रभाकारी भएको उद्धारकर्ताको भनाई छ । गाउँपालिकाले पहिचान गरेका भुसिया कुकुरबाट सावधान रहन आग्रह गरेको छ भने अन्य कुकुर नियन्त्रण गर्न सहयोग गर्न स्थानियसंग आग्रह गरेको छ । यस्तै  घर पालुवा र छाडा कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाउने गाउँपालिकाका अध्यक्ष केसीले बताउनुभयो । उहाँले यस कार्यक्रमलाई जनचेतना कै रुपमा अगाडी बढाउने उल्लेख गर्नुभयो । चन्द्रकोट गाउँपालिकाको यो कार्यले भुसिया कुकुरबाट आतंकित भएका स्थानियले राहात महशुस गरेका छन ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।