एसइईको नतिजा आउन ढिलाई : फरी स¥यो श्रावणको दोस्रो हप्तामा

0 137

 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा प्रकाशित गर्ने समय फेरि सारेको छ।

बोर्डले यही साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित गर्ने जनाएको छ। बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो। त्यसपछि पनि सबै प्रक्रिया पूरा नभएको भन्दै बोर्डले साउन पहिलो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने भाका राखेको थियो।

ad

‘अहिले नै हतारिएर गल्ती हुन सक्छ,त्यही भएर कुनै गल्ती नदोहोरियोस् भनी हामी प्रकाशनको तयारी गरिरहेका छौँ, साउन दोस्रो हप्ता नतिजा प्रकाशित गर्छौ’‚ बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भने।

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड९१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।