पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण

0 202

सुरेश छन्त्यालर पाण्डबखानी

गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीमा वितरण गरिएको छ ।
नगरपालिका भित्र रहेको अत्यन्तै दुर्गम गाउँ संगै वर्खाको समयमा जोखिमपुर्ण यात्रामा हिजो रमुवामा र आज वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव ठाकुर तिमिल्सिनाले जानकारी दिनुभयो।
उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा कार्यक्रममा वडा अध्यक्ष भक्त बहादुर काउचा, सचिव ठाकुर तिमिल्सिना, प्रभु बैंक गल्कोटका संचालक प्रमुख शिशिर बम मल्ल, युराज थापा, शिबप्रसाद शर्मा सुरक्षा कार्ड खिमबहादुर मल्ल , पत्रकार सुरेश छन्त्याल, पशु सेवा पाण्डबखानीका पशु प्राविधिक शिव आचार्य, कृषि प्राविधिक कृष्णा वि।क लगायतको सहभागिता रहेको थियो।

जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला , विदुवा महिला, पूर्ण अशक्त , पूर्ण अपांगता , दलित बालबालिका गरि ३ सय ३४ जनालाई ३२ लाख २६ हजार ८ सय ६६ रुपैयाँ भत्ता वितरण भएको बैंकका सञ्चालन प्रमुख शिशिर बम मल्लले जानकारी दिनुभएको छ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।