गुल्मीमा सामी : राजनीतिक खिचातानी , आफु अनुकुल हुँदा दामी

0 136

साउन ८,२०७९ गुल्मीः २०७६ सालमा रेसुंगा नगरपालिकाले एकलौटी रुपमा सुरक्षित आप्रवासन परियोजना ९सामी० कार्यक्रम अगाडि बढाएको भन्दै नेपाली काँग्रेसले परियोजना अगाडि बढ्न दिएन ।

नेकपा एमालेले नेतृत्व गरेको नगरपालिकामा एमालेले एकलौटी रुपमा कर्मचारीहरु भर्ती गर्न लागेको र पारदर्शी रुपमा काम नगरेको भन्दै काँग्रेसले अबरोध गरेको थियो ।

तर अहिले आएर नगरपालिकाको नेतृत्व नेपाली काँग्रेसले गरेपछि सामी परियोजनालाई अगाडि बढाएको छ । अहिले नगरप्रमुख तथा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्रको एक कार्यक्रमका बीच उद्घाटन गरे ।

ad

प्रशासनमा अहिले नगरपालिकाले आप्रवासी स्रोत केन्द्र सूचना तथा परामर्शकर्ता २ जना राखेको छ । नगरपालिका भित्र रिटर्नी स्वयंसेवक ३ जना राखेको छ ।

नगरप्रमुख पन्थीले तत्कालिन समयमा नेकपा एमालेले नेतृत्व गरेको नगरपालिकाले सामी परियोजनामा कार्यकर्ताहरुको भर्तिकेन्द्र बनाएको र अपारदर्शी तवरले सूचना लुकाएर काम गरेको आरोप लगाउँदै पुन बिज्ञापन गर्नुपर्ने अडान राखेका थिए ।

सत्ता र शक्तिमा नेकपाकै हाली मुहाली भएको भन्दै अगाडि बढेमा गाउँमा गएर काम गर्न सहज नहुने र परियोजनालाई भर्ती केन्द्र बनाउन नहुने पन्थीले बताएका थिए । तत्कालिन समयमा उनी नेपाली काँग्रेस गुल्मीको सचिव थिए ।

परियोजना आवश्यक छ : नगरप्रमुख पन्थी

यता नगरप्रमुख खिलध्वज पन्थीले पहिले केही प्रक्रियाको बारेमा आफूहरुको असहमति भएको र बिरोध गरेको यथार्थ भएको बताए । केही प्रक्रियाको बारेमा बिरोध भएपनि पछि समाधानतर्फ गएको भन्दै कार्यन्वयन नगर्नु तत्कालिन नेतृत्ववको बिषय भएको उनको दाबी छ ।

अहिले सो परियोजना आवश्यक ठानेको र कार्यन्वयनमा गएको भन्दै कार्यक्रम प्रभावकारी हुनेमा उनले बिश्वास ब्यक्त गरे । वैदेशिक रोजगारीमा जाने युवाहरु ठगिनबाट बच्ने, बैदेशिक यात्रामा जानु पूर्व आवश्यक ज्ञान लिएर जान सक्ने भएकाले यो परियोजना आवश्यक रहेको पन्थीको दाबी छ ।

काँग्रेसले काम गर्नै दिएनन् : भुसाल

रेसुंगा नगरपालिकाका पूर्व नगरप्रमुख डिल्लीराज भुसालले सामी परियोजनालाई काँग्रेसले अगाडि बढाउन नदिएको गुनासो गरेका छन् । आफुले परियोजना अगाडि बढाउनका लागि बारम्बार प्रयास गर्दा पनि कुनै उपाय नलागेको भन्दै राजनीतिक खिचातानीले गर्दा कार्यक्रम फ्रिज गएको उनको भनाई छ ।

२०७७ साउन ११ गते आइतबार बिहान ११ बजेका लागि तोकीएको परीक्षामा काँग्रेसले नगरपालिकाको गेटमै धर्ना दिने र अबरोध गरेपछि परीक्षा स्थगित गरिएको थियो

रेसंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले आफूहरुले नियम संगत २०७६ फागुन १२ गते सूचना प्रकाशन गरी आबेदन माग गरिएको र सोही अनुसार छोटो सूचिमा नाम प्रकाशन गरिएको दाबी गरेका थिए ।

तत्कालिन समयमा जिल्लाका रेसुंगा , मुसिकोट नगरपालिका , इश्मा र छत्रकोट गाउँपालिकामा सो परियोजना लागू हुने गरी योजना अगाडि बढेको थियो ।
तत्कालिन रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको संयोजकत्वमा अन्य तीन स्थानीय तहका प्रमुखहरु सदस्य रहने गरि स्थानीय तह परियोजना ब्यबस्थापन समिति रहेको थियो ।
जिल्लाका ४ वटा स्थानीय तहमा यो कार्यक्रम लागु हुनेभएकाले यो कार्यक्रमको संयोजन रेसुंगा नगरपालिकाले गरेको थियो । हाल सो परियोजना रेसुंगा नगरपालिकामा मात्र लागु हुने गरी अगाडि बढाइएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।