गुल्मेली समाज जापान, कान्तो समितीको अध्यक्षमा भण्डारी चयन

0 572

सुरज भट्टराई , १० श्रावण, गुल्मी-

गुल्मेली समाज जापानले जापानका गुल्मेलीलाई एउटै परिवारमा जोड्ने क्रममा कान्तो समिति विस्तार गरेको छ । टोकियोको सोलमारी मुरा हलमा आयोजित कार्यक्रमले समाजको कान्तो समिति संयोजकमा कृष्ण प्रसाद भण्डारीलाई चयन गरेको हो । उपसंयोजकमा बाबुराम भुसाल, तारा कार्की, शिव केसी, शिवप्रसाद खरेल, गोपाल काफ्ले, सुभाष भण्डारी, सृजना केसी रहेका छन् । सचिवमा लक्ष्मण सापकोटा, नारायण पोखरेल, प्रकाश भण्डारी चयन भएका छन् भने कोषाध्यक्षमा गोकुल अर्याल, विष्णु प्रसाद खरेल र अन्य सदस्य रहेका छन् ।कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास जापानका प्रथम सचिव जितबहादुर कार्कीले परदेशमा गुल्मेलीको जमघटले खुसी लागेको बताउँदै यो परिवारमा सबै गुल्मेली घर सम्झेर एक हुन सुख दुखमा साथ सहयोग गर्न अनुरोध समेत गरे ।


कार्यक्रममा नेपाली राजदूतावास टोकियोका तृतीय सचिव ज्ञानहरी ज्ञवाली, निवर्तमान अध्यक्ष सालिकराम भण्डारी, पूर्व अध्यक्ष यमलाल ढकाल ‘राजु’ एनआरएनए जापानका पूर्व अध्यक्ष एवम् गुल्मीका अग्रज व्यक्तित्व रोशन के सी, नेपाल वायुसेवा निगमका टोकियो प्रबन्धक सरोज पन्थी, कार्यसमितिका सदस्य इन्द्र थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा गुल्मीमा जन्मिएर जापानको राजदूतावास नेपाल एअरलाइन्समा कार्यरत व्यक्तिलाई सम्मान सहित अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

ad

कार्यक्रम गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षता,वरिष्ठ उपाध्यक्ष दयाराम खरेलको स्वागत मन्तव्य एवम् सचिव नेत्र प्रसाद पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा गुल्मेलीको उल्लासमय उपस्थिति रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।