गुल्मीमा १२ वर्षीय बालिकालाई जवरवस्ती करणी गरेको आरोपमा पक्राउ

0 198

साउन ११, गुल्मी

गुल्मीमा १२ वर्षीय बालिकाकालाई जवरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय भुपाल अधिकारी पक्राउ परेका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ४ का अधिकारीले वडा नम्वर ६ अमरपुरकी १२ वर्षीय बालिकालाई साउन १० गते साँझ करिब ७ बजे जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिए ।

ad

अधिकारीले १२ वर्षीय बालिका इश्मा ४ मा फुपुको घरमा गएको समयमा ललाई फकाई एकान्तमा लगेर जवरजस्ती करणी गरी फरार रहेको भन्ने परिवारको उजुरीको आधारमा खोजतलास गरी पक्राउ गरिएको खरेलले बताए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।