गुल्मीको रेसुङ्गा माविका आशिष बस्नेत जीपिए ४ सहित जिल्ला प्रथम

0 317

गुल्मीको तम्घास स्थित रेसुङ्गा मा।वि का आशिष बस्नेतले एसइइ परीक्षामा जीपिए ४ ल्याई जिल्ला प्रथम भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका अनुसार राष्ट्रिय परिक्षा बोर्डले साउन ११ गते प्रकाशित गरेको एसइइ परिक्षाको नतिजा अनुसार जिल्लाबाट रेसुङ्गा माविका आशिष बस्नेतले जीपिए ४ ल्याई साधारणधार तर्फ जिल्लामै उत्कृष्ट भएको बताएको छ।

साधारणधारतर्फ सबैभन्दा उत्कृष्ट नतिजा हाँसिल गर्दे रेसुङ्गा मावि जिल्लामै प्रथम हुन सफल भएको स्कुलका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले   बताउनुभयो।

ad

सधैं उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको रेसुङ्गा माविले यसवर्ष पनि ४ जीपीए सहित जिल्लामै प्रथम हुन सफल भएको हो। आशिष स्कूलका मेहनती, अनुशासित र छिट्टै पढेको कुरा व्यवहारमा उतार्न सक्ने अब्बल विद्यार्थी रहेको प्रधानाध्यापक भण्डारीले जानकारी दिनुभयो।

त्यस्तै जिल्लामा साधारणधार तर्फ ३ जनाले जीपिए ३.९५ ल्याउन सफल भएका छन्। जसमा महेन्द्र मावि तम्घासका रोविन पाध्यावती, ज्ञानोदय मावि तुराङ्ग मजुवाका विपिन भण्डारी र ब्रिलियण्ट युनाईटेड एकेडेमी तम्घासका सहिल बस्नेत रहेका छन्।

गुल्मी जिल्लाबाट साधारणधार तर्फ १.०५ देखि ४ जीपिए ल्याउने बिद्यार्थीहरूको संख्या ४४२५ रहेको छ। त्यस्तै प्राविधिक धारतर्फ २६८ जनाले जीपिए २ देखि ३.९५ ल्याउन सफल भएका छन्।

 

सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाले आ.व २०७८/७९ को उत्कृष्ट शिक्षक एवं शैक्षिक संस्था प्रोत्साहन कार्यक्रम अन्तर्गत रेसुङ्गा माविलाई सम्मान गरेको छ।

रेसुङ्गा मावि गुल्मी जिल्लामै “उत्कृष्ट विद्यालय” र रेसुङ्गा माविकै शिक्षिका सरस्वती भण्डारीलाई जिल्लामै “उत्कृष्ट शिक्षक” को रूपमा छनौट गरेको थियो।

 

“उत्कृष्ट विद्यालय” को रूपमा रेसुङ्गा माविले नगद रू २ लाख ५० हजार रूपैँया र प्रमाणपत्र सहित गत असार ३२ गते पाल्पामा सम्मानीत भएको हो।

शिक्षकको लगनशीलता, विद्यार्थीको मेहनत र अभिभावकको सहयोगका कारण हामीले हरेक पटक उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएकोमा बिभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु प्रधानाध्यापक भण्डारीले भन्नुभयो ।

यसै शैक्षिक सत्र देखि बिज्ञान तथा व्यवस्थापन विषयमा कक्षा ११ मा पढाई सन्चालन हुनेहुँदा साउन १२ गतेदेखि २० गतेसम्म भर्नाका लागि फारम समेत भरि आफ्नो सिट सुरक्षित गर्नुहुन समेत भण्डारीले आग्रह गर्नुभएको छ।

लुम्बिनी प्रदेशमा अधिकांश विद्यार्थी उत्तीर्ण भएका छन्। जस मध्ये लुम्बिनी प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो। तेस्रो नम्बरमा प्रदेश नम्बर १ मा ८४ हजार ४९१ विद्यार्थी उत्तीर्ण भएका छन्।

 

नवलपुर अनलाइनबाट

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।