जीप दुर्घटनामा १ को मृत्यु‚ १५ घाइते, ९ जनाको अवस्था गम्भीर

0 138

साउन १४,२०७९ प्युठान स् प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

स्वर्गद्वारीबाट भिंग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका९४ उर्लाङमा आज दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिका९३ की ३२ वर्षीया गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ।

ad

घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको बिकले बताए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।