गुल्मीमा आत्महत्याको डरलाग्दो अवस्था

तीन बर्षमा २४३ जनाले गरे देहत्याग

0 133

हुमाकान्त पोखरेल
गुल्मी, १४  साउन । गुल्मीमा पछिल्लो तीन बर्षमा २४३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार आर्थिक बर्ष ०७६/७७ देखि हालसम्म उक्त संख्यामा आत्महत्या गरेका हुन् ।

झुण्डी आत्महत्या, आत्महत्या दुरुत्सान, विष सेवन गरेर, पानीमा डुबेर एवम् हाम फालेर मानिसहरुले आत्महत्या गरेका छन् । सबैभन्दा धेरै तीन बर्षमा २११ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै आत्महत्या दुरुत्सानबाट चार, बिष सेवन गरी २४, पानीमा डुबेर तीन एवम् हाम फालेर एक जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए ।

आर्थिक बर्ष २०७६/७७ मा ७८ जनाले आत्महत्या गरे । जसमा झुण्डीएर ६७, बिष सेवन गरी नौ एवम् पानीमा डुबेर र हाम फालेर एक÷एक जनाले ज्यान गुमाएका छन् । आ।व। ०७७/७८ मा ९८ जनाले आत्महत्या गरे ।

ad

जसमा झुण्डीएर ८६, आत्महत्या दुरुत्सानबाट चार, बिष सेवन गरी सात र पानीमा डुबेर एक जनाले देह त्याग गरेका छन् । चालु आर्थिक बर्षको हालसम्म ६७ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डीएर ५८, बिष सेवन गरी आठ एवम् पानीमा डुबेर एक जनाले आफ्नै ज्यान गुमाएको खरेलले बताए ।

तनाव व्यवस्थापन गर्नुपर्ने

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीम बहादुर दाहालले मानिसले तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याको स्थितिमा पुग्ने बताए । गुल्मीमा घरेलु हिसां एवम् तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याको दर बढेको भन्दै उनले त्यसलाई न्यूनिकरण गर्नुपर्ने बताए ।

त्यसको लागि जनचेतनामा बृद्धि गरी राज्यका सबै निकायले ध्यान दिनुपर्ने दाहालको भनाई छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।