बडिगाड खोलामा बेपत्ता अधिकारीको शव फेला

0 175

गुल्मी शनिवार बडिगाड खोलामा बेपत्ता गुल्मीका पुरुषको शव फेला परेको छ। गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का ६० वर्षीय तुलबहादुर अधिकारी मलामी गएको बेला चिप्लिएर बडिगाड खोलामा खसेर बेपत्ता भएका थिए।
शनिवार प्रहरी र स्थानीयले बडिगाड खोला किनारामा खोज्दा पनि फेला पार्न सकेका थिएनन्। आईतबार बिहानै देखि खोजि कार्यमा जुटेका प्रहरी र स्थानीयले उनको शव चन्द्रकोट गाउँपालिका र गुल्मीदरबार गाउँपालिका जोड्ने झोलुङ्गे पुल अर्थात चिउरेनी चिर नजिकै बडिगाड खोलामा फेला पारेका हुन्। अफ्ठायरो ठाउँमा शव भएकाले निकाल्न समस्या भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।