जन्मदिनमा बाँदर नियन्त्रण गर्न निर्वतमान वडाध्यक्षको ५० हजार

0 146

हुमाकान्त पोखरेल
साउन १६, गुल्मीः गुल्मीमा एक वडाध्यक्षले आफ्नो जन्मदिनको अवसरमा बाँदर नियन्त्रणको लागि ५० हजार प्रदान गरेका छन् ।

छत्रकोट गाउँपालिका –४ दिगामका निवर्तमान वडाध्यक्ष डिलाराम न्यौपानले बाँदरको नयाँ तरिकाले नियन्त्रण गर्नका लागि स्थानीयलाई नगद प्रदान गरेका हुन् । जन्मदिनको अवसरमा शुक्रबार उनले दिगाम बोखरस्थित एक चौपारीमा स्थानीयलाई जम्मा गरेर बालीनाली र बाँदर दुवैको संरक्षणका बिषयमा छलफल समेत गरेको संचारकर्मी समेत रहेका स्थानीय भुवन भुसालले जानकारी दिए ।

गाउँमा जङ्गगलमा परिणत भएको २० रोपनीभन्दा धेरै जग्गालाई बाँदरका लागि छुट्याइएको छ । सोही जग्गामा बाँदरको निम्ति उपयुक्त फलफुल र खाद्य पदार्थ हुर्काउने र उक्त ठाउँमा तारजाली लगाएर बाँदर खेतीमा आउन नदिने योजना रहेको वडाध्यक्ष न्यौपानेको भनाई छ ।

ad

स्थानीय हिमलाल र ऋषिराम भण्डारीको घलाममा रहेको २० रोपनी जग्गा बार्षिक १४ हजार भाडामा स्थनीयले लिएका छन् । त्यसलाई रेखदेखि एवम् काम गर्नको लागि गोकर्ण ढकालको अध्यक्षतामा १५ सदस्यीय समिति समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा डिल्लिराज पन्थ, सचिवमा यम बहादुर नेपाली र कोषाध्यक्षमा शान्ता न्यौपाने लगायत अन्य सदस्यहरु रहेका छन् ।

जग्गाको भाडा यस बर्ष ५० हजारमध्येबाटै दिने र आगामी बर्षको लागि पालिकासँग समन्वय गर्नेगरी योजना बनाइएको छ । निवर्तमान वडाध्यक्ष न्यौपानेले आर्थिक बर्ष ०७५÷७६ मा दिगामस्थ्ति साविकका सबै वडामा निजि खर्चमा दुई÷दुईवटा बाँदर तर्साउने यन्त्र वितरण गरेका गरेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।