आर्थिक अभावमा घरमै रहेका बिरामी कुमालको गुल्मी अस्पतालमा निशुल्क उपचार

2 839

अनिल खत्री १६ साउन, गुल्मी ।

रुखबाट लडेर घाइते भएका इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी निवासी ६४ वर्षका टीके कुमालको गुल्मी अस्पतालले निशुल्क उपचार गरेको छ । २ हप्ता अघि रुखबाट लडेर गम्भीर घाइते भएका कुमालको गुल्मी अस्पतालमा उपचार पछि फोक्सोमा समस्याका कारण बुटवल रिफर गरिएको थियो । आर्थिक अवस्था निकै दयनिय अवस्थामा रहेका उनको बुटवलसम्म पुग्ने समेत पैसा नभएपछि गुल्मी अस्पतालबाट निशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गरिएको थियो ।

ad

तर बुटवलमा उनि आर्थिक समस्या बताएर उपचार नगरी घरमै फर्किएका थिए । आर्थिक समस्याका कारण भएको घरको लालपूर्जा लिएर उपचार खर्च जुटाउन हिडेका थिए । तर बिरामीको उपचारका कहिबाट पनि उपचार खर्च जुट्न सकेको थिएन् । करिव २ सातासम्म घरमै रहेका कुमालको घाउ दिनानु दिन दुखाई बढ्दै गएपछि पुनः उनको गुल्मी अस्पताल आएपछि उपचार गरिएको अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । रुखबाट लडेर सुरुमा अस्पतालमा आउदा उनलाई निशुल्क रुपमा बुटवलसम्म पुग्ने र उपचारको व्यवस्था मिलाइएको डाक्टर पच्चयाले बताए । तर विरामी उपचार नगरी घरमा फर्केका थिए । पुनः उनको गुल्मी अस्पतालमा उपचारपछि अहिलेको अवस्था सामान्य हुदै गएको डाक्टर पच्चयाले बताए ।

गुल्मी अस्पतालले गरिव निमुखा जनताको लागि स्वास्थ्यको क्षेत्रमा उल्लेखिनीय काम गर्दै आएको छ । पछिल्लो समय गुल्मी अस्पताल सुत्केरी लगायतका अन्य सेवाहरुमा अब्बल बन्दै गएको छ । कुनैबेला रिफर सेन्टर जस्तै बनेको अस्पताल अहिले बिरामीहरुका लागि निकै सहज बनेको छ । सरकारी अस्पतालले राम्रो उपचार गर्दैनन भन्ने आम मानिसको सोचाईलाई गुल्मी अस्पतालले चिरदिएको छ । अस्पतालमा हाल दैनिक ३ सय वढि बिरामीले दैनिक सेवा लिदै आएका छन् । भने कयौं सुत्केरीहुने आमाहरु पनि यस अस्पतालमै सेवा लिएर घर फर्केका छन् । सरकारी अस्पताले आम नागरिकको भरोसाको केन्द्र बनेपछि उपचारकै लागि अनेत्र धाउनुपर्ने बाध्यतालाई केहिहदसम्म कम गरेको छ । जसले गर्दा गरिव ताथ निमुखा नागरिकको लागि धेरै नै सहज अस्पताल बनेको हो । केहि दिन अघि गुल्मी जिल्लाको मदाने गाउँपालिका वडानम्बर–३ सिर्सेनी की दीपा नेपालीले गुल्मी अस्पतालबाट पुर्नजन्म पाएकी थिइन । उनी यही साउन १० गते पुर्कोटदह स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । सुत्केरी भएको केही समय पछि उनको यौनीमार्गबाट रगत बगिरहेपछि उनी वेहोस भएकी थिइन् । उनको ज्यान बचाउनको लागि राती ११ बजे गुल्मी अस्पतालमा लिएपछि २ पोका रगत र स्वास्थ्यकर्मीको उपचारले पुर्नजन्म पाएकी हुन् । गुल्मी अस्पतालमा आउँदा उनको अवस्था रगतको कमीले गर्दा नाजुक रहेको थियो । उनको शरीरमा रगतको कमी भएपछि तम्घास ल्याउदा केही थाहा नपाउने स्थितीमा रहेको गुल्मी अस्पतालकी नर्स सीता कार्कीले बताइन् । त्यस पछि उनको स्वास्थ्य जाँच गर्दा पाठेघरको मुख च्यातिएको हुँदा उनलाई बढी मात्रमा रगत बगेको बताइन् । स्वास्थ्यकर्मीको सहयोगमा उनको पाठेघर सिलाएपछि रगत रोकीएसंगै स्वास्थ्यकर्मीको उपचार पछि अहिले सुत्केरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् ।

सम्बन्धित
2 प्रतिक्रिया
  1. खिमानन्द पोखरेल पराल्मी, गुल्मी says

    डा. उत्तम पच्या जस्तो चिकित्सकलाई जन्म दिने रे. न.पा. १४ पराल्मी धन्यवादको पात्र बनेको छ । डा. पच्या जस्तो इमान्दार, कर्मंठ र लगनशील चिकित्सक पाउनु गुल्मी अस्पतालको अहो भाग्य नैहो भन्ने वास्तविक कुरालाई हामी सवैले यसरी नै बुझ्ने गरौं । डा. पच्याका आगामी दिनहरूले प्रगतीका अनेकौ सगरमाथा चुम्न सकुन् हार्दिक शुभकामना !!!

    1. प्रतिक खबर says

      Thank You

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।