आज पनि देशका धेरै ठाउँमा पानी पर्ने, भोलिदेखि मौसम खुल्दै जाने अनुमान

0 312

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । आज दिउँसो प्रदेश(१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भोलिदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

मनसुनको न्यून चापीय रेखा माथि अर्थात भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर हुने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

ad

केही दिनयता मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशैभर पानी परिरहेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।