चोरकाटे शान्तिपुर सडकखण्डको वक्स कटिङ्गमा पहिरो: सञ्चालनका लागी गाउँपालिकाको पहल

0 408

महेश बोहरा, १७ श्रावण गुल्मी

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका चोरकाटे शान्तिपुर सडक खण्डको वक्स कटिङ्गमा पहिरो गएको छ । वडा नम्बर ६ र ७ को बिचमा पर्ने भागमा चट्टान सहितको ठुलो पहिरो खसेर सडक अवरुद्ध बनेको छ । मंगलबार गाउँपालिका अध्यक्ष युवराज केसी सहितको टोलीले सडक सञ्चालनका निम्ति अवलोकन समेत गरेको छ । पहिरो ठुलो भएको र निरन्तरको झरीका कारण सडक सञ्चालन गर्न समस्या परेको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताए । बुधबार साँझ वा बिहिबारसम्म सडक सुचारु हुने सम्भावना रहेको अध्यक्ष केसीले बताए । साथै गाउँपालिका अध्यक्ष केसीले अत्यावश्यक वाहेकका सवारी साधनहरुलाई केहि दिन यात्रा नगर्न समेत आग्रह गरेका छन । उक्त सडक पिचका लागी काम भैरहेको छ । सडकलाई फराकिलो बनाउदाँ बिभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । उक्त सडक बाहेक अन्य सडक हालसम्मलाई सुचार भएको जनाईएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।