प्रतिक खबर व्यूरो, गुल्मी :
“हामी बनाउछौ, हाम्रो चन्द्रकोट सफा चन्द्रकोट“ भन्ने अभियान सहित गुल्मीको चन्द्रकोट गाउँपालिकाले डस्बिन वितरण तथा वातावरणीय सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । अघिल्लो आर्थिक वर्षको कार्यक्रम अनुसार यस बर्ष डस्बिन वितरण गरिएको हो । चन्द्रकोट गाउँपालिकाले ४ सय डस्बिन वितरण गर्ने लक्ष्य राखेकोमा चन्द्रकोट गाउँपालिका वडा नं ४ मा केही मात्रामा डस्बिन वितरण गरेको हो । डस्बिन सबै वडामा आवश्कता अनुसार वितरण गरिने जनाइएको छ ।
चन्द्रकोट गाउँपालिकाको शान्तिपुर बजार, रुपाकोट बजार र मजुवा बजारमा वितरण गरिएको थियो । अभियान सफल पार्नको लागी सबै पक्षको अर्थपुर्ण सहभागिताको अपेक्षासहित सहभागी सम्पुर्णमा गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ । साविकका प्रत्येक वडाका सरकारी कार्यालयहरुमा, ग्रामिण बजारहरु, ऐतिहासिक तथा धार्मिक क्षेत्रहरु, पर्यटकीय स्थानहरु, सार्वजनिक स्थानहरुमा स्ट्याण्ड सहितका डस्टबिनहरु पु¥याइएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले बताए । खास गरी गाउँपालिकाको बजार क्षेत्र शान्तिपुर, मजुवा र रुपाकोटमा बितरण गरिएको बताए । उनले नागरिकको स्वास्थ्यमा सुधार गर्ने अभियान स्वरुप डस्विन बितरण गरिएको उल्लेख गरे । उनले नागरिकका स्वास्थय तथा सरसफाई सम्बन्धी जनचेतानामा वृद्धि पुग्ने अपेक्षा समेत गरे ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज खत्री, जिल्ला समन्वय प्रमुख द्रोण खत्री, गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्मा, जनप्रतिनिधि, कर्मचारी, विभिन्न क्लबहरु प्रहरीचौकी, स्वास्थ्य संस्थाहरु, विभिन्न अभियन्ताहरु, सामाजिक संघसंस्थाहरु, वडा समितिहरु, बजार व्यवस्थापन समितिहरु, टोल विकास संस्थाहरु, महिला समुह र लायन्स क्लब शान्तिपुर शाखाका युवा क्लवहरु समेतको सहभागितामा डस्बिन वितरण कार्यक्रम गरेको थियो । गत आर्थिक वर्षको बजेटबाट उक्त डस्बिनहरु खरिद गरिएको गाउँपालिका अध्यक्ष खत्रीले बताए । कार्यक्रमको सहजिकरण गाउँपालिकाका सुचना अधिकृत शिव प्रसाद ज्ञवालीले गरेका थिए ।