गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

0 167

साउन २२ ,२०७९ गुल्मीः गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा लु २ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो ।ट्रक करिव सडक देखी दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।