प्याब्सन गुल्मीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा राजु कुवँर निर्वाचित

0 639

अजय खड्का
बैशाख २५, गुल्मी
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) गुल्मीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा आदर्श विद्या आश्रमका प्रवन्ध निर्देशक राजु कुवँर निर्विरोध निर्वाचित हुनुभएको छ ।
बुधबार सम्पन्न नबौँ अधिवेशनबाट राजु कुवँरको अध्यक्षतामा ११ जनाको नयाँ कार्य समिति गठन भएको छ । जसमा उपाध्यक्षमा रेन्बो इङ्गलिस बोर्डिङ्गबाट योजन के.सी सचिवमा शिद्ध इङ्गलिस बोर्डिङ्गबाट भिमकान्त भट्टराई सह–सचिवमा ब्राइटर इङ्गलिस बोर्डिङ्गबाट देविराम पाण्डे, कोषध्यक्षमा ग्रीन वड इङ्गलिस बोर्डिङ्गबाट सन्तोष शर्मा, सह–कोषध्यक्षमा रानीबास इङ्गलिस बोर्डिङ्गबाट डेलराज अर्याल र सदस्यहरुमा रुद्र गंगा इङ्गलिस बोर्डिङ्गबाट प्रेमनारायण पाण्डे, पोलारिस इङ्गलिस बोर्डिङ्गबाट जिवन न्यौपाने, अर्जुन इङ्गलिस बोर्डिङ्गबाट विवेक पन्थी, विद्याज्योति इङ्गलिस बोर्डिङ्गबाट आनन्द प्रधान र मालिका इङ्गलिस बोर्डिङ्गबाट मोहन श्रेष्ठ रहनुभएको छ ।


यो अर्गनाइजेशन नेपाल अधिराज्य भरी रहेका संस्थागत विद्यालयको छाता संगठन हो । यसले संस्थागत विद्यालयको हकहति संगै शिक्षाको गुणस्तर बढाउने, विभिन्न संघ संस्था तथा स्थानियतह संग तालमेल गराउने लगाएत निजि क्षेत्रको शैक्षिक योगदानको सम्बन्धीत निकायको ध्यान आर्कषण गराई सबै शैक्षिक कार्यक्रमहरुमा हातेमालो गर्ने काम गर्दै आएको अध्यक्ष कुवँरले बताउनुभयो ।


अध्यक्ष कुवँरले आफ्नो कार्यकालमा (प्याब्सन) गुल्मी संग सम्बन्धित विविध पक्षहरूमा रचानात्मक तथा सकारात्मक परिवर्तन गर्दै संगठनको समग्र हित तथा उद्देश्य प्राप्ति तर्फ प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
(प्याब्सन) का सह सचिव देबिराम पाण्डेको संचालन रहेको कार्यक्रममा निर्वतमान अध्यक्ष तथा इस्मा गाउँपालिकाका अध्यक्ष भगत खड्काको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।