दलितहरुको नागरिकतामा अपमानित नाम नराख्न गुल्मीका सिडियोको ध्यानकृष्ट

0 206

प्रतिक खबर व्यूरो –२०७९ श्रावण २७, शुक्रबार
गुल्मी ÷ जिल्लाका दलित अधिकारकर्मीहरुले दलित समुदायका नागरिकहरुको नाम थर गाली गलौजको भाषामा अपमानित हुने नराख्न गुल्मीका प्रमुख जिल्ला अधिकारीको ध्यानकृष्ट गराएका छन् । विभिन्न जिल्लामा दलितहरुको नाम अपमानजन ढंगबाट नागरिकतामा राखिएको बिषयमा सांसदमा आपत्ती जनाईएको र हालै गृहमन्त्रालयले समेत त्यसरी राखिएका नाम थर तत्काल सच्चाउन जिल्ला प्रशासनलाई निर्देशन दिए अनुरुप कार्यन्वयन गर्न गराउन गुल्मीका अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालको ध्यानकृष्ट गराएका हुन् ।
दलित साझा मञ्च गुल्मीको तर्फबाट डेलिगेशनमा पुगेका मञ्चका अध्यक्ष गणेश बिश्वकर्मा, उपाध्यक्ष रोम बिश्वकर्मा , अन्य पदाधिकारीहरु झविन्द्र सुनार , बालकृष्ण बराल , कमला बराल लगायतका अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी पौड्यालाई गृहमन्त्रालयले गरेको परिपत्र अनुसार नागरिकतामा वडाबाट आउन त्यस्ता अपमानजनक नाम र थर सच्चाउन लगाउन आग्रह गरेका थिए । उनिहरुले जिल्लाका वडाध्यक्ष , वडा सचिवहरुलाई पनि दलितहरुको नाम र थर राख्दा गाली गलौजको भाष र गाउँमा बोलिने जातिय उपभेदको शब्द नराख्न आग्रह गरेका गरेका छन् । जवाफमा प्रमुख जिल्ला अधिकारी पौड्यालले आफुले गृहमन्त्रालयको परिपत्रको मर्म बुझेर प्रकृया मिलाएर नागरिकता वितरण गर्ने बताउनु भएको छ ।
अध्य्रक्ष गणेश बिश्वकर्माका अनुसार गुल्मीमा पनि रंग र अनुहारको आधारमा हचुवाको भरमा कालिन्दारहरुले नाम राखेर अपमानित गर्ने गरेको पाईएको छ । कसैको राते , कसैको काले , सेते , नेप्टे , चुच्चे , घोप्टे जस्ता नामहरुलाई पनि गाली गलौजको भाषामा लिने गरिन्छ । यस्तो गाली गलौजको नाम सरकारी कालिन्दारहरुले प्रायः अरु समुदायमा राख्ने गरेको पाईदैन । बिशेषतः हेपेर दलित समुदायहरुकै नागरिकतामा राख्ने गरेको पाईएको छ ।
स्रोतः न्युज कुरा डटकम

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।