चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको स्वागत तथा विदाई

0 291

महेश बोहरा, भाद्र १६ गुल्मी /
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरुको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार फेरि भेटौला कार्यक्रमको आयोजना गरी गाउँपालिकाबाट बिदा भई जान लाग्नुभएका प्रशासकिय अधिकृत इन्द्र बहादुर क्षेत्रीलाई बिदाई तथा गाउँपालिकामा आउनुभएका नयाँ प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाललाई स्वागत गरिएको थियो । बिदाई कार्यक्रमसंगै गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत तथा बिदाई गदै गाउँपालिकाका अध्यक्ष युवराज केसीले सार्वजनिक क्षेत्रमा गरेको सेवा प्रवाहको प्रंशसा गर्नुभयो । साथै उहाँले नयाँ आउनुभएको प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाललाई जनताको मर्म अनुसार सेवा गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष केसीले चन्द्रकोट गाउँपाालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा रहेर गाउँपालिकाको कार्य सम्पादनमा राम्रो कार्य भन्दै पूर्व प्रमुख प्रशासकिय अधिकृत इन्द्र बहादुर क्षेत्रीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

ad

साथै उहाँले आगमी कार्यकाल अझै फलदायीहोस् भनी शुभकामना व्यक्त गर्नुभयो । वर्तमान प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाललाइ स्वागत गर्दै अध्यक्ष्य केसीले कर्मचारीहरुले मुस्कान सहितको सेवा जनतालाई प्रवाह गर्न आग्रह गर्नुभएको छ । नागरिकहरुलाई मुस्कान सहितको सेवा प्रवाह गर्न सके स्थानीय सरकारलाई जनताले महशुस गर्ने उहाँको भनाई छ । चन्द्रकोट गाउँपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत इन्द्र बहादुर क्षत्रीले आफ्नो चन्द्रकोट बसाईमा सम्झिन योग्य भएको दाबी गर्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, वडाध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।