बर्षात रोकिए पछि मालिकाका सडकलाई व्यवस्थित बनाउछौ: अध्यक्ष अर्याल

0 134

 

असोज ३ गुल्मी ।
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले वर्षाका कारण जनताले यात्रा गर्दा दुस्ख पाएको विषयले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
केही दिन यता परेको अविरल वर्षाले गाउँपालिका भित्रका सडकहरु पहिरोका कारण अबरुद्ध तथा हिलाम्मे हुँदा यात्रा गर्न कठिन हुनुका साथै जोखिम समेत निम्त्याएको बताउदै वर्षा रोकिन साथ सम्पुर्ण सडकको मर्मत सम्भार गरेर यात्रा सहज र सरल बनाउने जानकारी दिए ।
उनले भने  जनताका मौखिक गुनासा देखी सामाजिक सञ्जाल आएका गुनासा तथा तस्वीरले मेरो मन छोएको छ वर्षाका कारण हामी सबैले दुस्ख पाएका छौं र समस्याको समाधान गर्न हामी लागिपरेका छौं  । साथै सबै वडालाई विपद कोषको रकम प्रयोग गरेर सडकका खाल्डाखुल्डी पुर्न र सडक मर्मतमा सहयोग गर्न आफुले निर्देशन समेत दिएको अध्यक्ष अर्यालले उल्लेख गरे ।

केही दिन अघि बसेको कार्यापालिकाको बैठकले सडक मर्मत सम्भार कोषको रकम बाट गाउँपालिका भित्रका ८ वटा वडामा ३ वटा जेसिबी प्रयोग गरि सडक मर्मत सम्भार गर्ने निर्णय गरेको गाउँपालिकाका प्रशासन अधिकृत अशर जिसीले बताए । वर्षाका कारण काम अगाडी बढाउन नसकिएको र वर्षा रोकिन साथ कामको थालनी गर्ने अधिकृत जिसीको भनाई रहेको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।