उदय मावीमा कक्षा १२ का  विद्यार्थीहरुद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

0 446

उदय माध्यामिक बिधालय चन्द्रकोट गाउपालिका ४ शान्तिपुर गुल्मीले कक्षा १२ का विद्यार्थीहरुद्वारा कक्षा ११ मा भर्ना हुन आएका ११२ जना नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । २०७८ साल मा see दिएर आएका विद्यार्थी लाई स्वागत गरिएको  उक्त कार्यक्रममा कक्षा १२ का छात्र सविन विकको अध्यक्षता रहेको थियोे भने विधालय व्यवस्थापन समितिका सदस्य धाचान्नद शर्माको विशेष आतिथ्यता, विधालय व्यवस्थापन समिती सल्लाहकार एवम् बिधालय व्यवस्थापन समिती सदस्य सीता सुवेदी, छत्र बहादुर सार्की बिधालयकम सहायक प्रधानाध्यापक तथा अन्य शिक्षकहरुको उपस्तिथि रहेको थियोे । कार्यक्रममा पुर्ब प्रधानाध्यापक श्यामला गौतम, शिक्षक तुलसीराम गौतम, कक्षा ११/१२ संयोजक गोपाल प्रसाद शर्मा  सहायक प्रधानाध्यापक हरि प्रसाद न्यौपाने प्रधानाध्यापक कुस्न कुमार गैरै लगायतले बिद्यार्थीहरुकाे उज्ज्वल भबिष्यकाे कामना गर्दै शुभकामना दिनु भएको थियो ।उक्त स्वागत कार्यक्रममा बिद्यार्थीद्वारा विभिन्न  सांस्कृतिक प्रस्तुति रहेको थियोे भने कार्यक्रममा कक्षा १२ का बिद्यार्थी हिकमत पुनको स्वागत मन्तव्य कक्षा ११ का बिद्यार्थी आविष्कार कार्कीले स्वागत कार्यक्रम  अायाेजना गरि विधालयले स्वागत गरेको भन्दै धन्दवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमकाे  सञ्चालन बिद्यार्थी मनिस अधिकारीले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।