सुत्केरीको उद्दारमा गाउँपालिका अध्यक्षको गाडी

0 738

रामकृष्ण कडेल
असोज २४, गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले सुत्केरी बोक्न आफू चड्ने गाडी पठाउनुभएको छ । केही दिन अगाडि स्थानीय स्वास्थ्य सस्थाबाट रिफर गरि गुल्मी अस्पताल तम्घास बाट समेत रिफर हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा अप्रेसन गरिएको सुत्केरी महिलालाई सोमबार एम्बुलेन्सले गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ उपल्लो हटिया ल्याउदै गर्दा ठुलाचौरमा बर्षाले हिलाम्मे सडकडमा एम्बुलेन्स अगाडि बढ्न सकेन त्यो कुरा गाउँपालिका अध्यक्ष थापालाई जानकारी हुनासाथ आफू चड्ने गाडी पठाएर सुत्केरी मुना श्रेष्ठलाई घरमा ल्याउन सफल भएको चालक गोबिन्द थापाले बताउनु भएको छ ।
 स्मरण रहोस नवनिर्वाचित अध्यक्ष सरोजकुमार थापाले कार्यपालिकाको पहिलो बैठकबाट गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुबाट रिफर भएका प्रसुती हुने महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नु भएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।