एमालेहरुको गठबन्धन अपवित्र छः प्रदेश उम्मेदवार बुद्धि जिसी

0 201

असोज २७ गुल्मी ।
नेकपा माओवादी केन्द्रका युवा नेता तथा गुल्मी २ ञखझ प्रदेश सभाका उम्मेदवार बुद्धि जिसीले नेकपा एमाले सहितका दलले गरेको चुनावी गठबन्धन अपवित्र भएको आरोप लगाएका छन् ।

आज संघीय निर्वाचन क्षेत्र न २ ञकझ ले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
केही समय अघि सम्म गठबन्धनको बारेमा खिसिटिउरी गर्ने एमाले अहिले आएर गठबन्धनकै भरमा निर्वाचनमा जान लागेको तर त्यो गठबन्धन अपवित्र रहेको बताएका हुन ।

राप्रपा तर्फ सङ्केत गर्दै गणतन्त्र विरोधीहरुलाई साथमा लिएर एमालेले देशको व्यवस्थानै पल्टाउन र गणतन्त्रलाईनै खतरामा पार्न लागेको नेता जिसीले उल्लेख गरे ।

ad

साथै काङ्ग्रेस माओवादी समाजवादी तथा अन्य दल बिच भएको गठबन्धनको बारेमा समेत उनले प्रष्ट पारेका छन । काङ्ग्रेस, माओवादी, समाजवादी बिच केही मतअन्तर , अन्तरविरोध भए पनि यो गठबन्धन सिङो देश,राष्टियता र व्यवस्था जोगाउन रहेको उनको भनाई छ ।
फरक प्रसङ्गमा उनले प्रदेश ञकझका उम्मेदवार भुवन प्रसाद श्रेष्ठ र प्रतिनिधि सभा सदस्यका उम्मेदवार राम कुमारी झाक्रीलाई भारी मतले विजय गराउन आग्रह गरेका छन् । साथै एमाले तर्फ लक्षित गर्दै उनले भने ” तिम्रा उम्मेदवार यस क्षेत्रमा छैनन् हामीलाई मत दिउ तिम्रा उम्मेदवार हामी हौं भन्दै मत माग्न आउन सक्छन् यश तर्फ सचेत रहनु “।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।