इश्मा तेक्वान्दो दोजाङ्गद्धारा ६० जना खेलाडीलाई कलर बेल्ट तथा प्रमाण पत्र वितरण

0 248

अमृता गाहा २ कार्तिक गुल्मी
गुल्मी जिल्लाको इश्मा गाउँपालिकामा आठौँ कलर बेल्ट तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । इश्मा तेक्वान्दो दोजाङ्ग गुल्मीको आयोजनामा वडा नं. २ को पालुखा मा.वि.मा सो कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष तथा इश्मा तेक्वान्दो दोजाङ्गका प्रशिक्षक दिपक जि.सि को अध्यक्षता रहेको कार्यक्रको प्रमुख आतिथ्यता इश्मा गाउँपालिकाका प्रमुख भगत सिंह खड्का, विशेष आतिथ्यता इश्मा गाउँपालिकाकी उपप्रमुख पार्वती कुँवरको रहेको थियो ।


सो कार्यक्रममा तेवान्दोमा राष्ट्रिय स्तरसम्म पुग्न सफल खेलाडी सर्मिला परियार, नवौँ राष्ट्रिय खेलकुद अन्र्तगत प्रदेशतर्फ तेक्वान्दोमा तृतीय भएका हिमाल नेपाली र प्रदेश स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा लङ्गजम्पतर्फ तृतीय पुजा नेपालीलाई नदग र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

ad

साथै ६० जना खेलाडीलाई Yellow देखि Red belt सम्म वितरण गरिएको अध्यक्ष तथा प्रशिक्षक दिपक जि.सि.ले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा इश्मा गाउपालिका प्रमुख खड्काले खेलले मानिसलाई स्वस्थ र फुर्तिलो बनाउने हुदाँ यसको विकासको लागि गाउँपालिकाले सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, विद्यालयका प्र.अ. लगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।


कलर बेल्ट तथा प्रमाणपत्र वितरण कार्यक्रममा इश्मा दोजाङ्गकी खेलाडी सपना सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन इश्मा दोजाङ्गका खेलाडी राम बहादुर कुमालले गर्नुभएको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।