बुद्ध माबिको ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

0 589

अजय खड्का

पौष १२,गुल्मी

बुद्ध माध्यमिक बिध्यालयले आफ्नो ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार रेसुङ्गा नगरपालिका वडा न ४ अर्खले स्थित बुद्ध माध्यमिक बिध्यालयले एक कार्यक्रम साथमा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै पन्थिले  ग्रामीण क्षेत्रका बिध्यालयहरुमा बिध्यार्थीहरु तथा अभिभावकको आकर्षण बढाउन नसक्नु चुनौतीको रुपमा रहेको  बताउनुभयो । रेसुङ्गा नगरपालिकाले शिक्षा गुणस्तरीय बनाउनको लागि बिभिन्न योजनाहरु बनाएर अगाडि बडेको पन्थीले बताउनुभयो ।

ad

यस्तै बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष चोलाराज शर्माले कार्यक्रममा उपस्थित सबैलाईधन्यवाद ब्यक्त गर्नु भयो।

उक्त कायक्रममा बिध्यालयमा भएका बिभिन्न प्रतियोगितामा उत्कृष्ट बिध्यार्थीहरुलाइ पुरस्कार बितरण समेत गरिएको थियो । साथै अक्षयकोसका सस्थापकहरु, आजिवन सदस्य, शिक्षक तथा कर्मचारीहरुलाइ सम्मान गरेको थियो । बिध्यालयको वार्षिक प्रतिवेदन  बिध्यालयका प्रध्यानाध्यापक  गणेश बहादुर अधिकारिले गर्नु भएको थियो ।

कार्यक्रममा बिध्यार्थीहरुले  बिभिन्न गितहरुमा नृत्य प्रस्तुत गरि उपस्थित सबैलाइ मनोरञ्जन प्रदान गरेका थिए ।

शिक्षक बिस्णु बिनायक भण्डारिको संचालनमा भएको  कार्यक्रममा नगर प्रमुख खिलध्वज पन्थी, बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष चोलाराज शर्मा, शिक्षा समन्वय इकाई गुल्मीमा प्रमुख लोकनाथ मरासिनि, सोहि वडाका वडाध्यक्ष लीलाधर आचार्य, कार्यपालिका तथा वडा सदस्यहरु, बिध्यालयका आजिवन सदस्यहरु, शिक्षक, बिध्यार्थी, अभिभावक लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।