रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

0 234

सूर्य सुनार फागुन ०६ गुल्मी
रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाले चिदिचौर खेलमैदानमा विभिन्न खेलकुद विधामा प्रतियोगिता संचालन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को अवसरमा आयोजित रेसुङ्गा नगरपालिका स्थानीय तह अन्तरगत विद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन गरिएको छ । रेसुङ्गा नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम अनुसार कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले रेसुङ्गा नगरपालिकाले स्थानीय तह हुँदै प्रदेश र संघको खेलमा विजय हासिल गर्न शुभकामना व्यक्त गर्नुभएको थियो । शौक्षिक क्रियाकलाप संगै विद्यार्थीहरुलाई भौतिक रुपमा पनि सफल बनाउने माध्यम खेलकुद भएको जिल्ला समन्वय समिति प्रमुख खत्रीले बताउनुभयो ।
कार्यक्रमका विशेष अथिति प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले खेलकुदले एक आपसमा चिनाउने माध्यम बताउनुभयो । साथै प्रमुख जिल्ला अधिकारी पाठकले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष एवंम रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा नगरपालिका भित्रका प्रतिभाहरुलाई नगरपालिकाको मात्र नभई सिङ्गो देशमा रेसुङ्गा नगरपालिकाको खेलाडी भएर परिचय दिन नगरपालिका लागि परेको बताउनुभयो । सबैको निम्ती खेलकुद आवश्यकता रहेको भन्दै खेलकुदले अनुशासनमा बस्न सिकाउने, स्वास्थ्थ रहन सहयोग गर्ने, स्वास्थ प्रतिस्पर्धामा मर्यादित हुन सिकाउने हुँदा खेल आफैमा महत्वपूर्ण रहेको नगरप्रमुख पन्थीले बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाको वडा नम्बर १ देखी १४ वटै वडाबाट विभिन्न विद्यालयबाट विद्यार्थी उपस्थित रहेका छन् । जसमा १५ विद्यालयको सहभागिता रहेको छ । विभिन्न विधामा २७ वटा खेल खेलाइने आयोजकले बताएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।